- संगालोखबर सम्वाददाता

मुगु । अन्तरजातीय विवाह गर्ने जोडीलाई मुगुको छायानाथरारा नगरपालिकाले प्रोत्साहन बापत १ लाख पुरस्कार दिने भएको छ । नगरपालिकाको १२ औं नगर कार्यपालिका बैठकले जातीय विभेद कम गर्न यो निर्णय गरेको हो ।

Advertisement

कार्यपालिका बैठकले दलित हकअधिकारका लागि नीति पारित गर्दै उमेर पुगेका युवायुवतीले अन्तरजातीय विवाह गरे प्रोत्साहनस्वरूप पुरस्कार दिने घोषणा गरेको हो । जातीय विभेद अन्त्य गरी पिछडिएका दलित वर्गको हकअधिकार सुनिश्चित गर्न नीति पारित गरिएको नगर प्रमुख विष्णुकुमार भामको भनाई छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!