- संगालोखबर सम्वाददाता
फायल तस्बीर

विराटनगर । आज बाँकेको नेपालगञ्ज विमानस्थलबाट काठमाडौं उडेको विमान झापाको चन्द्रगढी विमानस्थलमा अवतरण गरेको छ । बिहान करिब साढे ७ बजे उडेको श्री एयरलाइन्सको ४४० विमान ९ बजे चन्द्रगढी विमानस्थलमा अवतरण गरेको हो ।

बिहान काठमाडौंमा भिजिबिलिटी कम भएका कारण अवतरण हुन नसक्दा चन्द्रगढी डाइभर्ट भएको काठमाडौं विमानस्थलले जनाएको छ । विमान काठमाडौं आइपुग्दा विमानस्थलको भिजिबिलिटी १५०० मिटर मात्रै थियो ।

Advertisement

मौसम सफा भएपछि विमान चन्द्रगढीबाट काठमाडौं फर्काइने जनाइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!