संगालोखबर सम्वाददाता


काठमाडौं । पोखरामा आज भएको यति एयरलाइन्सको विमान दुर्घटनाका कारण सरकारले सोमबार देशभर शोक विदा दिने निर्णय गरेको छ । विमान दुर्घटनापछि आज बसेको मन्त्रीपरिषद् बैठकले एक दिन शोक विदा दिने निर्णय गरेको हो ।

‘मन्त्रिपरिषद बैठकले घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ,’ सरकारका प्रवक्ता अर्थमन्त्री विष्णु पौडेलले भने, ‘भोलि माघ २ गते शोकपूर्ण घटनाका सन्दर्भमा शोक मनाउने र एक दिन सार्वजनिक बिदा दिने निर्णय भएको छ ।’

Advertisement

त्यस्तै, विमान दुर्घटनाको बारेमा जानकारी दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कल सेन्टर स्थापना गर्ने निर्णय पनि भएको छ । विमान दुर्घटनाको कारण पत्ता लगाउँन पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा दुर्घटना जाँच आयोग गठन गरिएको छ । सो आयोगलाई प्रतिवेदन पेश गर्न ४५ दिनको समय दिइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!