- संगालोखबर सम्बाददाता

विराटनगर । पोखरामा आइतबार बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाप्रति शोक प्रकट गर्न सरकारले आज एक दिन शोक बिदा दिएको छ । विमान दुर्घटनापछि बसेको आकस्मिक मन्त्रिपरिषद्को बैठकले मुलुकभर शोक बिदा दिने निर्णय गरेको हो ।

Advertisement

आन्तरिक उडानमा हालसम्मकै ठूलो क्षति भएको भन्दै मन्त्रिपरिषद् बैठकले शोक बिदा दिने निर्णय गरेको थियो । त्यस्तै आज राष्ट्रिय झन्डा आधा झुकाइने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ ।

आइतबार काठमाडौंदेखि पोखराका लागि उडेको यति एयरको विमान पोखराको सेती नदी खोँचमा दुर्घटनाग्रस्त बनेको थियो । जसमा १५ जना विदेशीसहित ५३ जना नेपाली यात्रु र  चार जना चालकदलका सदस्य थिए । आइतबार रातिसम्म ६८ जनाको शव निकालिसकिएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!