संगालोखबर सम्वाददाता

पोखरा । पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटना स्थलमा ६४ जनाको शव फेला परेको छ । वाँकीको खोजी भइरहेको छ ।

Advertisement

भेटिएका ३० वटा शव अस्पताल लगिएको छ, ३४ वटा शव खोचमा छन् । शवहरु निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ । गहिरो खोंचमा शव भएकाले निकाल्न समस्या भएको बताइएको छ ।

काठमाडौंको त्रिभुवन बिमानस्थलबाट बिहान साँढे १० बजे पोखराका लागि उडेको ९ एन एएनसी एटीआर ७२ विमान पोखराको सेती खोंचमा दुर्घटना भएको हो । पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा विमानस्थल भन्दा करिब दुई किलोमिटर नजिक खोचमा विमान खसेको थियो ।

क्याप्टेन कमल केसीले उडाएको सो जहाजमा चालक दलका चारसहित ७२ जना सवार थिए । दुर्घटनामा परेका कोही पनि हालसम्म जिवित भेटिएका छैनन् । विमान दुर्घटनाको कारण खुलेको छैन । दुर्घटनाको कारण पत्ता लगाउँन सरकारले छानविन अयोग गठन गरेको छ ।

दुर्घटनापछि आज बसको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सोमबार देशभर शोक विदा दिने निर्णय पनि गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!