- संगालोखबर सम्वाददाता

काठमाडौं । क्रोएसिया पठाउने भनेर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको मधुमल्ला घर भई काठमाडौंस्थित सिनामंगल बस्दै आएका २९ वर्षीय साहिल बस्नेत छन् ।

Advertisement

क्रोएसियामा प्रतिष्ठित फुड प्याकिङ कम्पनीमा जागिर मिलाइदिन्छु भनेर उनले विभिन्न व्यक्तिहरूबाट ८ लाख ४० हजार रुपैयाँ ठगेको आरोप छ । ठगी आरोपमा उनलाई सिनामंगलबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका बस्नेतलाई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभागमा बुझाइएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!