- संगालोखबर सम्वाददाता

झापा । कम्बोडियाको एक क्यासिनोमा आगलागी हुँदा मृत्यु भएका झापाको बिर्तामोड नगरपालिका–१ का निराकार पाण्डेको शव आज झापा आइपुगेको छ । शुक्रबार कम्बोडियाबाट काठमाडौं आइपुगेको उनको शव आज दिउँसो बिर्तामोडस्थित निवासमा ल्याइएको हो ।

Advertisement

कम्बोडियाको ग्रान्ड डायमन्ड सिटी होटल एन्ड क्यासिनोमा गत पुस १४ गते राति भएको आगलागीमा ज्यान बचाउन १२ औँ तलाको झ्यालबाट हामफाल्दा पाण्डेको मृत्यु भएको थियो । आजै कनकाई माईमा पाण्डेको अन्त्येष्टि गरिने जनाइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!