संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

रौतहट । रौतहटका चन्द्रनिगाहपुरमा छोराले दाउराको चिरपटले हानेर बाबुको हत्या गरेका छन् । चन्द्रपुर नगरपालिका–६ का ५५ वर्षीय बुवा निरकुमार राईलाई उनका ३२ वर्षीय छोरा प्रकाशले चिरपटले हानेर हत्या गरेका हुन् ।

गएराति घरायसी विवादका क्रममा निरकुमारलाई छोराले चिरपटले हानेका थिए । चिरपटले लागेर टाउको र निधारमा गम्भीर चोट लागेका निरकुमारलाई उपचारका लागि अस्पताल लगिए पनि उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

प्रहरीले हत्या आरोपमा प्रकाशलाई पक्राउ गरेको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!