- संगालोखबर सम्वाददाता

काठमाडौं । भारतबाट इन्धनको नयाँ मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेसनबाट मंगलबार बेलुका निगमलाई प्राप्त नयाँ मूल्य अनुसार खाना पकाउने ग्याँसबाहेक सबै प्रकारका इन्धनको मूल्य बढेर आएको नेपाल आयल निगमले जनाएको छ ।

पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ र डिजेलमा प्रतिलिटर ७ रुपैयाँ ९८ पैसाले मूल्य बढेर आएको हो । त्यस्तै मट्टितेलको मूल्य लिटरमा ४ रुपैयाँ ८० पैसाले बढेको छ । यता हवाइ इन्धन लिटरमा ७ रुपैयाँ ५० पैसाले बढेर आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!