- संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

काठमाडौं । काठमाडौं महानगरपालिका–११ सुन्धारास्थित सिभिल मलको भुइँ तलामा आज एक पुरूषले आफैंमाथि आगो लगाएका छन् । करिव ३० बर्षीय विशान लामिछानेले पेट्रोल छर्किएर आफैमाथि आगो लगाएका हुन् ।

बिहान पौने १२ बजे सिभिल मलमा रहेका उनले आफ्नो शरीरमा आगो लगाउँदै गरेको अवस्थामा प्रहरीको टोलीले फेला पारी उनको उद्धार गरेको हो । राष्ट्रिय ट्रमा सेन्टरमा उनको उपचार भइरहेको छ । प्रहरीले घटनाको विषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!