- संगालोखबर सम्बाददाता

विराटनगर । हाल देशैभर हुस्सु र कुहिरो लागिरहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागहरुका एक वा दुई स्थानमा हल्का हिमपात तथा तराईमा बाक्लो हुस्सु र कुहिरो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले पहाडी भू–भागमामा आंशिकदेखि सामान्य बदली रहेको र तराईका अधिकांस स्थानमा हुस्सु–कुहिरो लागेको छ । आज दिउँसो र राति प्रदेश १, सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ ।

Advertisement

सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू–भागहरुका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । आज बिहान लागेको बादल अबेर खुल्ने र कडा घाम नलाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!