- संगालोखबर सम्वाददाता

तनहुँ । जिल्ला अदालत तनहुँले बालिका बलात्कार आरोपित नायक पल शाहलाई सफाइ दिएको छ । मंगलबार जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको ठहर गर्दै शाहलाई सफाइ दिएको हो ।

Advertisement

पल शाहका म्यानेजर कृष्ण जोशीले पनि सफाइ पाएका छन् । उनीमाथि बालिका बलात्कार प्रकरणमा सहयोगी भूमिका खेलेको आरोप थियो । पलले बालिकालाई झूटो प्रेमको बहाना गरेर पोखरा, तनहुँ र नवलपुरमा पटक–पटक बलात्कार गरेको भन्दै उनका परिवारले प्रहरीमा उजुरी दिएको थियो ।

शाहविरुद्ध तनहुँ र नवलपरासी पूर्वमा मुद्दा दायर गरिएको थियो । जिल्ला अदालत नवलपरासी पूर्वले भने शाहलाई बलात्कार मुद्दामा सफाइ दियो भने बाल यौन दुरुपयोग आरोपमा २ वर्ष ६ महिना जेल सजाय र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो । नवलपुर अदालतको फैसलाविरुद्ध पलले उच्च अदालत पोखरामा पुनरावेदन दिएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!