संगालोखबर सम्बाददाता

पाँचथर । किराँत लिम्बू समुदायले नयाँ वर्ष मनाएका छन् । किराँत समुदायले माघेसङ्क्रान्तिका दिन किराँत नयाँ वर्ष मनाउने गर्छन्  । किराँत नयाँ वर्षलाई लिम्बूहरूले ‘कुसङ यले तङबे’ भन्ने गर्छन् । त्यस्तै किराँत राईहरूले ‘यले दुङ’ भन्ने गर्छन् ।

Advertisement

माघेसङ्क्रान्तिसँगै किराँती पात्रोमा संवत् फेरिने भएकाले माघ १ गतेकै दिन पूर्वी नेपाल थातथलो भएर देश–विदेशमा पुगेका लिम्बू समुदायले किराँत नयाँ वर्ष धुमधामसाथ मनाउने गरेका छन् ।

प्रदेश नं. १ का पूर्वी पहाडी जिल्लाहरूमा यो दिनलाई भव्यतापूर्वक मनाइन्छ । यस्तै किराँत लिम्बूहरू सघन बसोबास रहेका काठमाडौं, ललितपुरसँगै हङकङ र सिङ्गापुरसम्म यो पर्व उल्लासपूर्वक मनाइन्छ । यो अवसरमा धान र च्याब्रुङ नाच्नुका साथै वनभोज खाने, कन्दमूल खाने, हाक्पारे, ख्याली र पाःलाम आदि पनि गाउने गरिन्छ ।

किराँती पात्रोअनुसार यो वर्षको माघ १ गतेदेखि यले तङबे ५०८३ सुरु भएको छ । किराँत संवत् नेपालमा हाल प्रचलनमा रहेको विक्रम संवत्भन्दा तीन हजार चार वर्ष जेठो छ । यले तङबे किराँती राजा यलम्बरले नेपालमा शासन सुरु गरेपश्चात् मनाउन थालिएको इतिहास रहेको किराँत इतिहासका जानकार बताउँछन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!