- संगालोखबर सम्वाददाता

विराटनगर । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहीबार प्रतितोला १ लाख ६ हजार ९ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज घटेको हो ।

Advertisement

आज सुनको मूल्य प्रतितोला १ हजार १ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुन प्रतितोला १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

यता चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!