- संगालोखबर सम्बाददाता
सांकेतिक तस्बीर

दाङ । दाङको तुलसीपुरका एक पुरुषलाई ‘हनिट्रयाप’मा पारेर पाँच करोड रुपैयाँ माग्ने मुख्य योजनाकार कृष्णी गहतरालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । सोमबार भएको थुनछेक बहसमा दाङ देउखुरी जिल्ला अदालतले गढवा–६ घर भइ हाल तुलसीपुर बस्दै आएकी ३५ बर्षीया अनुष्का सिंह भनेर चिनिने गहतरालाई कारागार चलान गर्न आदेश दिएको हो  ।

जिल्ला न्यायधीश रामप्रसाद बस्यालको एकल इजलाशले उनलाई जेल पठाउन आदेश दिएको हो । सिंहका दुई वटा नागरिकतासमेत भएको जनाइएको छ । हनिट्रयापको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो । ती मध्ये तुलसीपुर–१८ ग्वारखोलाकी ३६ वर्षीया कृष्णीकुमारी बस्नेतलाई पनि कारागार चलान गरिएको छ । उनलाई अदालतले एक लाख रुपैयाँ धरौटी तोकेको थियो । तर, धरौटी तिर्न नसकेपछि कारागार चलान गरिएको हो ।

Advertisement

आपराधिक लाभ मुद्दा चलाइएका घोराही १० नारायणपुरका २७ वर्षीय रुद्रबहादुर केसी भने एक लाख धरौटीमा छुटेका छन् । प्रहरीले तीनै जनालाई पक्राउ गरेर मुद्दा चलाएको थियो । ‘ब्ल्याकमेलिङ’ गर्दै मोटो रकम नदिए बलात्कार मुद्दा हाल्ने धम्की दिदै ती पुरुषसँग उनीहरुले पाँच करोड माग गरेका थिए ।

उनीहरुले पटक–पटक गरी ३० लाख रुपैयाँ लगिसकेको खुलेको छ । पीडित पुरुषले मुख्य योजनाकार सिंहलाई ‘स्कुटरको लाइसेन्स’ र दुई वटा नागरिकता बनाउन सहयोग गरेकोसमेत खुलेको छ । त्यस्तै पीडित भनिएका तुलसीपुरका ती पुरुष प्रेम खड्कालाई पनि सरकारी कागज कीर्ते गरेको भन्दै मुद्दा चलाइएको छ । पक्राउ परेका खड्कालाई भने साधारण तारेखमा छोडिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!