काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१ टकुचा नालामा आमा र बुबाको कुटाइबाट एक बालकको मृत्यु भएको छ ।
दाङको घोराही नगरपालिका–९ स्थायी घर भई बनेपा नालामा इँटा भट्टामा काम गर्दै आएका तिलकराम बुढा र उनकी श्रीमती उर्मिला बुढाको कुटाइबाट तीन वर्षीय छोरा विमलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार तिलकराम बालकका बाबु र उर्मिला सौतेनी आमा हुन् ।