काठमाडौं । मंगलबार दिउँसो संघीय संसद् भवन अगाडि आत्मदाहको प्रयास गरेका इलामको सूर्योदय नगरपालिकाका प्रेमप्रसाद आचार्यको निधन भएको छ । उपचारका क्रममा किर्तिपुरस्थित बर्न अस्पतालमा उनको निधन भएको हो ।

शरीरमा पेट्रोल हालेर आगो लगाई आत्मदाह प्रयास गर्दा ३७ वर्षीय आचार्य गम्भीर घाइते भएका थिए । उनको शरीरको ८० प्रतिशत भाग जलेको थियो ।

घटनास्थलबाट तत्कालै किर्तिपुरस्थित बर्न अस्पताल लगेर उनको उपचार थालिएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!