- संगालोखबर सम्वाददाता

कैलाली । वृद्धभत्ताको पैसा नदिएको भन्दै कैलालीमा आज छोराले बन्चरोले हानेर आमाको हत्या गरेका छन् । लम्कीचुहा नगरपालिका–६ का ४० वर्षीया श्रीराम थारुले ७१ वर्षीया आमा लगनीदेवी थरुनीलाई बञ्चरो प्रहार गरेर हत्या गरेका हुन् ।

छोराले बञ्चरो हानेपछि लगनदेवी गम्भीर घाइते भएकी थिइन् । धनगढीको नवजीवन अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरीले कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीका अनुसार छोराले वृद्धभत्ताको रकम नदिएको भन्दै आमालाई बञ्चरोले ढाड र खुट्टामा प्रहार गरेका थिए । प्रहरीले श्रीरामलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको छ । श्रीराम यसअघि पनि ज्यान मुद्दामा पाँच वर्ष कारागार बसेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!