पानी जोहो गर्दैमा बित्छ फाकफोकथुमवासीको समय
इलाम । इलामको फाकफोकथुम गाउँपालिका-३ सल्लेरीमा खानेपानीको हाहाकार छ । हिउँद लागेसँगै खानेपानी जोहो गर्न स्थानीयलाई धौ-धौ हुन्छ । पानी जोहो गर्दैमा उनीहरूको बिहान बित्छ ।
सल्लेरी गाउँमा ९० घरपरिवारको बसोबास छ । उनीहरू झिसमिसेकै डोकोमा गाग्री र बोतलहरू बोकेर पानी जोहो गर्न तर्फ लाग्छन् । सोही स्थानका पृथ्वी प्रसाद भण्डारीका अनुसार पानीको अभावले गाउँमा समस्या भएको छ । सरकारले ठूला आयोजना ल्याइदेला...































