विपद्का घटनाबाट चार महिनामा ११२ जनाको मृत्यु, २० जना बेपत्ता
विराटनगर । विपद्का घटनामा परेर चार महिनाको अवधिमा एक सय १२ जनाले ज्यान गुमाएका छन् । गत वैशाखदेखि हालसम्म विभिन्न विपद्का घटनामा परेर पाँच सय ३४ जना घाइते भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार सो अवधिमा सबैभन्दा बढी चट्याङबाट २८ जनाले ज्यान गुमाएका छन् । चट्याङका दुई सय ४३ घटना हुँदा एक सय ६९ जना घाइते भएका छन् भने दुई सय ८३ परिवार प्रभावित भएका छ...































