सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । पहिला-पहिला दशैँमा घर लिपपोत गर्न रातो माटो र कमेरोको प्रयोग हुन्थ्यो । तर पछिल्लो समय आयातित रङ्गका कारण रातो माटो र कमेरोको प्रयोग हराउँदै गएको छ । जसका कारण दशैँको रौनकता र मौलिकता पनि फेरिएको छ ।

‘दशैँ नजिकिएसँगै गाउँघरमा रातो माटो र कमेरोले घर चिटिक्क पार्ने चलन थियो’, ‘धनकुटाका निलबहादुर थापाले भने, ‘अहिले आधुनिकतासँगै परम्परा पनि फेरिएको छ ।’

Advertisement

आधुनिक शैलीमा सिमेन्ट र कङ्क्रिटबाट घरहरू निर्माण हुने क्रम बढेपछि रातो माटो र कमेरोको प्रयोगमा कमी आएको उनको बुझाइ छ ।

केही वर्षअघिसम्म धनकुटामा दशैँमा घर लिपपोतको लागि रातो माटो र कमेरोको प्रयोग हुन्थ्यो । तर पछिल्लो समय रातो माटो र कमेरोको प्रयोगमा कमी आएको देखिन्छ । यस्तै सालको लोप्राबाट बनाइएको खोटो झ्याल ढोकामा लगाउने चलन थियो ।

‘सालको लोप्राबाट बनाइएको खोटो झ्याल ढोकामा लगाउँदा धमिराले खाँदैन थियो’, धनकुटाका ज्ञानबहादुर थापाले भने, ‘अहिले सबै कुरा लोप हुँदै गएका छन् । रातो माटो र कमेरोको प्रयोग पनि हराइसक्यो ।’

दशैँमा नयाँ लुगा लगाउने, मिठो खाने तथा मान्यजनबाट आशीर्वाद लिने गरिन्छ । यस्तै घरको सरसफाइसँगै रङ्गरोगन गरेर चिटिक्क पारिन्छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!