सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटा नगरपालिका-६ सल्लेरीस्थित पुरातात्विक रूपमा चिरपरिचित महेन्द्र पार्क पुनर्निर्माण गरिएको छ । स्थानीयद्वारा वि.सं.२०१२ सालमा निर्माण गरिएको महेन्द्र पार्कको पुनर्निर्माण गरिएको हो ।

धनकुटा बजारदेखि करिब अढाई किलोमिटरमा सल्लेरी वन छ । वि.स.२०१२ सालमा तत्कालीन राजा महेन्द्र धनकुटामा आउँदा वनको बीचमा एउटा पार्क निर्माण गरिएको थियो । राजा महेन्द्रकै नामबाट यो पार्कको नाम रहन गएको हो ।

Advertisement

देशमा आएको परिवर्तनसँगै ओझेलमा परेको यो पार्कको अहिले भने पुनर्निर्माण गरिएको छ । ऐतिहासिक महत्वको महेन्द्र पार्कलाई सरकारले वेवास्ता गरेपछि पुरानै अवस्थामा निर्माण थालिएको स्थानीय राजेश्वर बहादुर श्रेष्ठले बताए ।

पार्क पुनर्निर्माणका लागि धनकुटावासी लगायत बाहिर रहेका धनकुटेलीहरूले सहयोग गरेका छन् । पार्कको बीचमा इनार, वरिपरि बस्ने ठाउँ र पार्कका शिरमा महेन्द्र राजाले बैठक सञ्चालन गरेको स्थल निर्माण भइरहेको छ ।

२०१२ सालमा तत्कालीन बडा हाकिम गेहेन्द्रराज थापाको पालामा निर्माण भएको पार्कमा पहिलोपटक राजा महेन्द्रले सुरक्षा प्रमुखसँग बैठक सञ्चालन गरेर उद्‌घाटन गरेको इतिहास पाइन्छ ।

त्यसपछि राजा विरेन्द्र आएर बसेको इतिहास रहेको स्थानीय जानकार गोपालबहादुर भट्टराई बताउँछन् । पार्क पुननिर्माण सँगै यहाँ घुम्न तथा रमाउन आउनेहरूको चहल-पहल पनि बढेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!