मन्त्रीहरुलाई भोलिदेखि निर्वाचन आचार संहिता, उल्लंघन गरे एक लाखसम्म जरिवाना
काठमाडौं । निर्वाचन अयोगले भोलिदेखि मन्त्रीहरुमाथि निर्वाचन आचार संहिता लगाउने भएको छ । यससँगै आयोगको सहमति विना कर्मचारीको सरुवा, बढुवा, नियुक्ति र निर्वाचनलाई प्रभाव पार्ने कुनै पनि निर्णय गर्न रोक लाग्नेछ ।
यस्तै विकास निर्माणका लागि भन्दै आकर्षक नयाँ कार्यक्रम थप गर्न, नयाँ बजेट बाँडफाँड र रकमान्तरमा समेत पाइने छैन ।
निर्वाचन आयोगले भोलि विहान ११ बजे प्रधानमन्त्री र सबै मन्त्रीहरुलाई आयोगम...
