रबिन कटेल/संगालोखबर

धनकुटा, १५ असार । धनकुटाको महालक्ष्मी १ मा वडाध्यक्षसहित एमालेको प्यानल बिजयी भएको छ । एमालेका टेक बहादुर गुरुङ्गले ८ सय ६५ मत ल्याउँदै बिजयी भएका हुन ।

उनले निकटतम प्रतिद्धन्द्धी माओवादी केन्द्रका याम बहादुर कार्कीलाई ५ सय ११ मतले हराएका हुन । कार्कीले ३ सय ५४ मत ल्याएका छन । महालक्ष्मी १ मा १ हजार ४ सय ६९ मत खसेको थियो । बिजय पश्चात जितपुर बजारमा बिजय जुलुशसमेत निश्किएको स्थानीय लोकनाथ नेपालले जानकारी दिएका छन ।

Advertisement

मेयर र उप–मेयरमा पनि एमालेको अग्रता

महालक्ष्मीको मेयर र उप–मेयरमा पनि एमालेले अग्रता कायम राखेको छ । मेयरमा एमालेका पर्शुराम नेपालले ९ सय ५१ मत ल्याएका छन भने उप–मेयरमा मञ्जु अधिकारीले १ हजार ९ मत ल्याएकी छन ।

यता मेयरमा कांग्रेसका अग्नी प्रसाद पौडेलले ३ सय ८४ मत ल्याएका छन भने उप–मेयरमा काग्रेस–राप्रपा गठबन्धनका तर्फबाट राप्रपा उम्मेदवार महेन्द्र निरौलाले ३ सय १७ मत पाएका छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement