दार्चुला । स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले दार्चुलाको लेकम गाउँपालिकाबाट विजयी सुरुआत गरेको छ ।

Advertisement

लेकम– १ मा कांग्रेसका वडाध्यक्षका उम्मेदवार दौलतसिंह साउद ४५५ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका चन्द्रसिंह बोहराले २९५ र नेकपा (माओवादी केन्द्र)का तारासिंह बोहराले १६१ मत प्राप्त गरे ।

सो वडामा एक हजार ८० मत खसेको थियो । दार्चुलाका अन्य नगर तथा गाउँपालिकामा पनि मतगणना सुरु भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!