डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा नेकपा(माओवादी केन्द्र)ले सुरुआतीमै जित हासिल गरेको छ ।
अजयमेरु गाउँपालिका वडा नं ६ मा माओवादी केन्द्रका दानबहादुर खड्काले जित हासिल गर्नुभएको हो ।

Advertisement

खड्काले उक्त ५४८ र उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका हिक्मत भण्डारीले ३७५ मत प्राप्त गर्नुभएको छ ।

अजयमेरु गाउँपालिका वडा नं ६ मा माओवादीका अध्यक्षसहित तीन सदस्यले तथा एमालेबाट एक सदस्यले जित हासिल गरेको निर्वाचन अधिकृत चिरञ्जीवी गिरी बताउनुभयो ।
अमरगढी–११मा एमालेको जित

एघार वटा वडा रहेको अमरगढी नगरपालिकाको ११ नं वडामा एमालेका सूर्यप्रकाश खड्का ३६३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका धर्मसिंह धानुकले २६० मत प्राप्त गर्नुभएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!