गुल्मी । गुल्मीका १२ स्थानीय तहमध्ये ३ स्थानीय तहको मतगणना सुरु भएको छ । बाँकी ९ तहको गणना छिट्टै गर्ने निर्वाचन कार्यालयको तयारी छ ।

Advertisement

मतगणना भएका ३ स्थानीय तहमध्ये रुरु गाउँपालिकामा एमालले अग्रता लिएको छ । यहाँ प्रमुखमा एमालेले ४ सय २६ मतका साथ अग्रता लिइरहेको छ । माओवादी–कांग्रेस गठबन्धनका प्रमुख पदका उम्मेदवारले १ सय ८ र उपप्रमुखले १ सय ११ मत पाएका छन् ।

छत्रकोट गाउँपालिकामा एमाले प्रमुख उम्मेदवारले २ सय ३६ मत पाएका छन् । उपप्रमुखले अहिलेसम्म २ सय २९ मत ल्याएका छन् । कांग्रेसका प्रमुख पदका उम्मेदवारले १ सय ४२ प्राप्त पाएका छन् भने उपप्रमुख उम्मेदवारलाई १ सय १२ मत मिलेको छ ।

चन्द्रकोट गाउँपालिकामा माओवादीले लिड गरेको छ । माओवादीका प्रमुख पदका उम्मेदवारले २ सय ६ मतका साथ अग्रता बनाएका हुन् । उपप्रमुखमा पनि माओवादीकै अग्रता छ ।

कांग्रेसका प्रमुख पदका उम्मेदवारले १ सय ५१ मत प्राप्त गरेका छन् भने उपप्रमुखलाई १ सय ३६ मत मिलेको छ । एमाले प्रमुख उम्मेदवार १ सय ४४ मतका साथ तेस्रो स्थानमा छन् ।

रेसुङ्गा नगरपालिकामा र गुल्मी दरबार गाउँपालिकाको मतगणना भइरहे पनि परिणाम सार्वजनिक भएको छैन ।

गणना हुन बाँकी स्थानीय तहको गणना केहीबेरमा सुरु गर्ने गरी तयारी भइरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!