संगालोखबर संवाददाता

बिराटनगर । बिराटनगर महानगरपालिकाको मतगणना सुरु नुहँदै मतपेटिकाको शिल तोड्ने विषयमा विवाद भएको छ । विवादका वीच अपरान्ह साढे ४ बजेदेखि मतगणना सुरू गरिएको छ ।

Advertisement

वडा नम्बर १ का दुर्इवटा मतपेटिका खाेलेर मतगणना थालिएकाे हाे । यी मतपेटिकामा १४२४ मत छ।

अपरान्ह ४ बजेपछि मतगणना सुरु गर्न कर्मचारीहरुले मतपेटिकाको शिल तोड्नै लाग्दा संघीय समाजवादी फोरमका उम्मदेवारले आपत्ति जनाएका थिए ।

बुधबार मतपेटिकाको शिलबन्दै गर्दैगर्दा तयार पारिएको मुचुल्का नदेखाई शिल तोड्न नपाइने फोरमका नेताहरुले बताएका थिए । र, यसमा अन्य दलको पनि समर्थन गरेका थिए ।

शिल तोड्नेबारे उत्पन्न विवादलाई मिलाएर मतगणना गर्ने प्रयासमा निर्वाचन आयोगका कर्मचारीहरु लागिपरेका थिए। अन्ततः िववाद मिलेकाे छ र मतगणना सुरू भएकाे छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement