संगालोखबर संवाददाता

खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिका जितेर एमालेले जिल्लामा बिजयी शुरुवात गरेको छ । जन्तेढुंगामा एमालेका शंकर राई २१५३ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका खेमवहादुर खड्काले १५६२ मत पाएका छन् ।

Advertisement

उपाध्यक्षमा पनि एमालेकै बिमला राईले २०८६ मत प्राप्त गरी बिजयी भएकी छन् । निकटतम प्रतिद्धन्द्धी कांग्रेसकी अनिता राईले १४६६ मत प्राप्त गरेकी छन् ।

जिल्लाका १० स्थानीय तहमध्ये अब ९ तहको मतगणना जारी छ । गणना जारी रहेका २ नगरपालिका र ७ गाउँपालिकामध्ये एमालेले ५ र कांग्रेसले ४ ठाउँमा अग्रता लिइरहेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement