मतदाता परिचयपत्र नभए अन्य सरकारी परिचयपत्रले पनि मतदान गर्न पाइने
काठमाडौँ। निर्वाचन आयोगको बैठकले निर्वाचनमा मतदाता परिचयपत्र प्राप्त गर्न नसकेकाहरुका लागि सरकारी निकायबाट जारी गरिएको तस्बिरसहितको कुनै परिचयपत्रका आधारमा मतदान गर्न दिने निर्णय गरेको छ ।
आयोगले मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले कुनै कारणवश मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेका मतदाताले परिचयपत्र हराएमा वा नष्ट भएमा निजको मताधिकार सुनिश्चित गर्न नेपाली नागरिकताको प्रम...
