रबिन कटेल/संगालोखबर

धनकुटा, १५ असार । धनकुटा नगरपालिकामा एक हजार मतले एमालेले अग्रता लिएको छ । राति करिव ८ बजेसम्मको मतपरिणाम अनुसार ९ सय ७४ मतले एमाले अगाडी छ ।  धनकुटा नगरको मेयरका उम्मेदवार एमालेका चिन्तन तामाङ्गले १ हजार २ सय ७५ मत प्राप्त गरेका छन ।

यता कांग्रेसका दिनेश राईले ३ सय १ मत पाएका छन ।  उप–मेयरमा पनि एमालेले १ हजार ४६ मतले अग्रता लिएको छ । उप–मेयरमा एमालेका शकुन्तला बस्नेतले १ हजार २ सय ९३ मत प्राप्त गरेकी छन । अन्य उम्मेदवारको तुलनामा यो सवैभन्दा बढी मत हो । यता उप–मेयरमा काग्रेसका उम्मेदवार रेणु श्रेष्ठले २ सय ७४ मत ल्याएकी छन ।

Advertisement
धनकुटाको सामुदायिक भवनमा जारी धनकुटा नगरपालिकाको मतगणना । तस्वीर: रबिन कटेल/संगालोखबर

त्यस्तै गरी माओवादी केन्द्रका मेयरका उम्मेदवार गणेश बिष्टले ३ सय ९ मत ल्याएका छन भने उप–मेयरका उम्मेदवार बिष्णुमाया कन्दङवाले ३ सय मत प्राप्त गरेकी छन । यो धनकुटा नगरपालिका १ र २ नम्बर वडाको मत परिणाम हो ।

१८ हजार १ सय ३० मतदाता रहेको धनकुटा नगरमा १३ हजार ६ सय ७६ मत खसेको छ ।  धनकुटा नगरमा आज रातभर पनि मतगणना जारी रहने मुख्य निर्वाचन अधिकृत किशोर घिमिरेले जानकारी दिए । स्थानीय सामुदायिक भवनमा धनकुटा नगरको मतगणना भईरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement