Sangalo Khabar

इटहरी । १४ गते सकिएकाे दाेश्राे चरणकाे स्थानीय निर्वाचन अन्तरगत बिभिन्न जिल्लाहरूमा मत गणना जारी रहेकाे छ भने केही जिल्लाहरूबाट मत परिणाम अाउने क्रम पनि जारी रहेकाे छ यसैबिच १२ वटा स्थानीय तह रहेको सुनसरीमा अहिलेसम्म ६ वटा स्थानीय तहमा मात्र मतगणना सुरु भएको पाइएकाे छ ।

Advertisement

निर्वाचन अधिकृतको कार्यालय सुनसरीले दिएकाे जानकारी अनुसार अहिले सम्म बर्जु र भोक्राहा गाउँपालिकाको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ।

जसकाे मत परिणाम अनुसार बर्जुमा माओवादी केन्द्रका अध्यक्षको उम्मेदवार सुरेन्द्र मेहता अगाडि रहेका छन्। ५०० मतगणना हुँदा मेहताले १९३ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका फनिलाल चौधरीले १३५ मत प्राप्त गरेका छन ।

 यसैगरी भोक्राहामा २६५ मतगणना भइसकेकाे र मत परिणाम अनुसार  संघीय समाजवादी फोरमका उम्मेदवार वेचन यादवले ७३ मत प्राप्त गरेका छन् भने एमालेका मनिलाल मेहताले ५३ मत प्राप्त गरेका छन ।

 यता इटहरीमा मतगणना भर्खरै मात्र सुरू भएकाे कारण मत परिणाम बाहिर अाउन सकेकाे छैन उता धरान उपमहानगरपालिकामा दिउसाे २ बजेदेखि मात्रै मत गणना हुने भएकाे छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement