धनकुटा, १५ असार । धनकुटाका तीन नगरपालिका र दुई गाउँपालिकामा आज बिहान ११ बजेबाट मतगणना सुरु हुने भएको छ ।

Advertisement

जिल्ला निर्वाचन कार्यालयका प्रमुख प्रदिप शाहका अनुसार धनकुटा नगरपालिका, पाख्रीवास नगरपालिका, महालक्ष्मी नगरपालिका, चौविसे गाउँपालिका र साँघुरीगढी गाउँपालिकामा ११ बजेबाट मतगणना हुँदैछ ।

बिहान बसेको सर्वपक्षिय बैठकले यस्तो निर्णय गरेको हो । खाल्सा छिन्ताङ्ग सहिदभूमी गाउँपालिकामा बिहान ८ बजेबाटै मतगणना सुरु भईसकेको छ ।

यता छथर जोरपाटी गाउँपालिकामा १० बजेबाट मतगणना सुरु भएको छ ।

संगालोखबरबाट निर्वाचनको लाईभ अपडेट भईरहेको छ । संगालोखबर हेर्दै गर्नुहोला ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!