अदालतको साँघुरो किल्लाभित्र न्यायको हत्या नहोस्: नेता थापा
विराटनगर । नेपाली काँग्रेसका केन्द्रिय सदस्य गगन थापाले अदालतको साँघुरो किल्लाभित्र न्यायको हत्या नगर्न आग्रह गरेका छन् । नेपाली काँग्रेसद्वारा बिहीबार विराटनगरमा आयोजित वर्तमान राजनैतिक अवस्था, संवैधानिक संकट, यसको निकास र आजको आवश्यकता बिषयक विचार गोष्ठीमा बोल्दै नेता थापाले यस्तो बताएका हुन् ।
उनले सर्वोच्च अदालतमाथि नेपाली काँग्रेसको पूर्ण समर्थन र विश्वास रहेको जिकिर गरे । उनले अदालतलाई प्...






























