संगालोखबर


विराटनगर । मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका नमो नारायण माझी निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बलराम सरदार थारूलाई १ हजार ६ सय ३६ मतले पराजित गर्दै माझी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।

माओवादीका माझी ६ हजार ९ सय ६९ मत ल्याएर गाउँपालिका अध्यक्षमा निर्वाचित भएको सहायक निर्वाचन अधिकृत रामराज पौडेलले जानकारी दिए । काँग्रेसका थारूले ५ हजार ३ सय ३३ मत पाएका छन् । नेकपा एमालेका उम्मेद्वार तुलसीराम विश्वासले ४ हजार १ सय ५९ मत पाएका छन् ।

Advertisement

२६ हजार ४४ मतदाता रहेको ग्रामथानमा ७१.३३ प्रतिशत अर्थात १८ हजार ५ सय ७७ मत खसेको थियो । ग्रामथानमा एक स्वतन्त्रसहित १६ उम्मेदवारबीच चुनावी प्रतिष्पर्धा भएको थियो ।

यस्तो छ अन्तिम मतपरिणाम

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!