संगालोखबर


विराटनगर । आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि मनोनयन दर्ता गरेका उममेदवारहरू माथि आज दाबी विरोधको उजुरी दिने कार्यतालिका छ ।  निर्वाचन आयोगले आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उजुरी दिने समय निर्धारण गरेको छ ।

आज दिउँसो ३ बजे पछि मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरेर मंसिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ । मंसिर ५ गते बिहान ९ देखि अपराह्‍न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिनसक्ने समय छ ।

Advertisement

५ गते दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गर्ने र ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका छ । निर्वाचन आयोगले मंसिर १६ गते बिहान ७ देखि अपराह्‍न ५ बजेसम्म मतदानको समय तोकेको छ ।

देशभर जिल्ला समन्वय समिति प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उपनिर्वाचन हुन लागेको हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!