संगालोखबर


काठमाडौं । मंसिर १६ गते हुने उपनिर्वाचनका लागि मतपत्र छपाइको काम सकिएको छ । आयोगका अनुसार दुर्गम क्षेत्रमा मत पत्रसहितका आवश्यक निर्वाचन सामग्री पनि पठाइसकिएको छ ।

उपनिर्वाचनका लागि दुई लाख ५९ हजार मतपत्र छापिएको आयोगले जनाएको छ । उम्मेदवारको सङ्ख्याको आधारमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले प्राप्त गरेका चुनाव चिह्न मात्र समावेश गरी मतपत्र तयार पारिएको छ ।

Advertisement

हरेक पदका लागि छुट्टाछुट्टै मतपत्र छन् । पालिकाका रिक्त ४४ पद मध्ये तीन जना निर्विरोध भइसकेकाले अब ४१ ठाउँमा मतदान हुनेछ । निर्वाचन आयोगका अनुसार ओखलढुङ्गा र कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीका कुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भइसकेका छन् ।

यसैगरी रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका वडा नम्बर-२ को वडाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् ।
उपनिर्वाचनका लागि एक सय ६२ मतदान स्थल र दुई सय ९३ मतदान केन्द्र कायम गरिएको छ । उपनिर्वाचनमा दुई लाख २६ हजार सात सय ९९ मतदाता रहेका आयोगले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!