संगालोखबर

विराटनगर । स्थानीय तह उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता गरिदैछ । मनोनयन दर्ताका लागि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्मको समय तोकिएको छ ।

Advertisement

भोलि उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ । उजुरीमाथि जाँचबुझ गरी ४ गते बेलुकासम्म निर्णय दिनुपर्नेछ । उम्मेदवारले नाम फिर्ता लिन ५ गते दिउँसो १ बजेसम्मको समय दिइएको छ । ५ गतेनै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ र उनीहरूलाई निर्वाचन चिह्न पनि दिइनेछ ।

२०७९ को स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधि विभिन्न कारणले रिक्त रहेका ४४ ठाउँमा उपनिर्वाचन गर्न लागिएको हो । मंसिर १६ गते देशभर उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनका लागि ३८ स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

यसपटक २ जिल्ला समन्वय समिति प्रमुख, एक/एक नगर प्रमुख र उपप्रमुख, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ र ३४ वडाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ । आजैदेखि लागू हुनेगरि निर्वाचन आचारसंहिता पनि जारी गरिएको निर्वाचन आयोगले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!