संगालोखबर


विराटनगर । कोशी प्रदेशमा एक पालिका अध्यक्ष र सात वडाध्यक्षका लागि ७६ जनाको उम्मेदवारी दर्ता भएको छ । हिजो विभिन्न राजनीतिक दल र स्वतन्त्रसहित आठ पदका लागि ७६ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

ओखलढुङ्गामा हुने जिल्ला समन्वय समितिको प्रमुखमा भने नेपाली काँग्रेसका टेकराज भट्टराई निर्विरोध निर्वाचित भएका छन् । अन्य उम्मेदवारी नपरेपछि भट्टराई निर्विरोध भएका हुन् । निर्वाचित भएको औपचारिक घोषणा भने गर्न बाँकी छ ।

Advertisement

मोरङको ग्रामथान गाउँपालिकामा अध्यक्ष पदका लागि निर्वाचन हुँदैछ । ग्रामथानमा एक स्वतन्त्रसहित १६ जनाको उम्मेदवारी दर्ता भएको छ । २०७९ सालको स्थानीय तह निर्वाचनमा ग्रामथानमा नेपाली काँग्रेसका जयप्रकाश गच्छदार निर्वाचित भएका थिए । उनको गत असार ३ गते निधन भएपछि ग्रामथानमा उपनिर्वाचन हुन लागेको हो ।

सुनसरीको गढी गाउँपालिका-६ मा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ । गढीमा वडाध्यक्ष पदका लागि १४ को उम्मेदवारी दर्ता भएको छ । जसमा नेकपा एमालेबाट सन्तु उराँवले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रबाट कुशेश्वर खेरवार यादव, नेपाली काँग्रेसबाट तेतर साह र नेकपा एकीकृत सामाजवादीबाट डोमी उराँवले उम्मेदवारी दर्ता गराएका हुन् ।

नागरिक उन्मुक्ति पार्टीबाट तेजनारायण मुसहर, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट कविता कुमारी उराँव र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बच्चालाल अरगिरया यादवले उम्मेदवारी दर्ता गराएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट शशि कुमार साह, जनमत पार्टीबाट सिताराम यादव, समाजवादी राष्ट्रिय पार्टीबाट योगनारायण ऋषिदेव, स्वतन्त्रबाट रामनारायण यादव र श्यामदेव मेहताले उम्मेदवारी दर्ता गराएका हुन् ।

झापाको कन्काई नगरपालिका-६ मा हुने वडाध्यक्ष पदको निर्वाचनका लागि ९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली काँग्रेसबाट रामगोपाल ओली, एमालेबाट तुलराम बस्नेत, माओवादी केन्द्रबाट गणेशबहादुर थापा र जनमत पार्टीबाट सुकलाल राजवंशीले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नारायणप्रसाद निरौला, नागरिक उन्मुक्ति पार्टीबाट जमुना राजवंशी, मङ्गोल नेशनल अर्गनाइजेसनबाट पदमबहादुर तामाङ, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दलबहादुर श्रेष्ठ र स्वतन्त्रबाट लक्ष्मीप्रसाद ओलीले उम्मेदवारी दर्ता गराएका हुन् ।

ओखलढुङ्गाको मोलुङ गाउँपालिका-५ मा हुने वडाध्यक्ष पदको लागि ८ जनाको उम्मेदवारी दर्ता भएको छ । नेकपा एमालेबाट गङ्गाबहादुर तामाङ, नेपाली काँग्रेसबाट घनश्याम दाहाल र माओवादी केन्द्रबाट मानबहादुर सुनुवारले उम्मेदवारी दर्ता गराएका हुन् ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट विष्णुप्रसाद पोखरेल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चन्द्रमणि दाहाल, जनता समाजवादी पार्टी जसपाबाट इन्द्र बहादुर दर्जी, स्वतन्त्रबाट हेम बहादुर सुनुवार र दिप प्रसाद दाहालले उम्मेदवारी दर्ता गराएका हुन् ।

ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका-३ मा हुने वडाध्यक्ष पदका लागि ५ जनाको उम्मेदवारी दर्ता भएको छ । नेपाली काँग्रेसबाट भीमकुमार लक्सम्बा लिम्बू, नेकपा एमालेबाट कुमारी साउदेन र नेकपा माओवादी केन्द्रबाट अम्बि साउदेनले उम्मेदवारी दर्ता गराएका हुन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट देवीप्रसाद पौडेल र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका तर्फबाट रनध्वोज काङ्भाले उम्मेदवारी दर्ता गराएका हुन् । तेह्रथुमको लालीगुराँस नगरपालिका-८ मा हुने वडाध्यक्ष पदको निर्वाचनका लागि मा ८ जनाको उम्मेदवारी दर्ता भएको छ ।

नेपाली काँग्रेसबाट नगेन्द्र लिम्बू, नेकपा एमालेबाट बुद्ध बहादुर लिम्बू र नेकपा माओवादी केन्द्रबाट कुमार विश्वकर्माले उम्मेदवारी दर्ता गराएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट सञ्जीव खड्का, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रत्न बहादुर श्रीपाली, नेकपा एकीकृत समाजवादीबाट प्रेम बहादुर खड्का, स्वतन्त्रबाट उक्त बहादुर लिम्बू र बसन्त लिम्बूले उम्मेदवारी दर्ता गराएका छन् । उपनिर्वाचन आगामी मंसिर १६ गते हुँदैछ ।

यो पनि-

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!