संगालोखबर
फाइल तस्बिर


विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । आज कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेलबासेको इजलासले लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति दिएको हो । 

यसअघि उनीमाथि कात्तिक २५ गते १३ दिन म्याद थप भएको थियो । यो सहित लामिछानेमाथि अनुसन्धानका लागि पाचौँ पटक म्याद थप भएको छ । 

Advertisement

लामिछानेमाथि जिल्ला प्रहरी कार्यालय कास्कीले सहकारी बचत अपचलन, सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमा अनुसन्धान गरिरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!