संगालोखबर


विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि हुने उपनिर्वाचनका लागि सडकमा राखिएका भड्किला प्रचार सामग्री हटाउन निर्वाचन कार्यालयले आग्रह गरेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले ग्रामथानमा आचारसंहिताबारे आयोजना गरेको सर्वदलीय बैठकमा यस्तो आग्रह गरेको हो ।

मुख्य निर्वाचन अधिकृत उद्धवप्रसाद भट्टराईले आचारसंहिता विपरितका ब्यानरहरू हटाउन आग्रह गरे । उनले निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन बनाउनका लागि आचारसंहिता पालना गर्नुपर्ने बताए ।

Advertisement

मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले ग्रामथानमा हालसम्म अवस्था शान्तिपूर्ण रहेको र निर्वाचनका लागि आवश्यक सुरक्षा प्रबन्ध मिलाइसकिएको जानकारी दिए । उनले आचारसंहिता विपरितका कुनै पनि गतिविधि नगर्न सबैलाई आग्रह गरेका छन् ।

मोरङ प्रहरीका प्रमुख एसपी नारायणप्रसाद चिमरियाले निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाइसकिएको बताए । राजनीतिक दल र स्वतन्त्र उम्मेदवारका प्रमुख तथा प्रतिनिधिहरूले भड्किला प्रचार सामग्री हटाउने प्रतिबद्धता जनाए ।

ग्रामथानमा १२ मतदान स्थलमा २९ मतदान केन्द्र कायम गरिएको छ । निर्वाचनका लागि आवश्यक सामग्रीहरू आजदेखि मतदान केन्द्रहरूमा पठाइने निर्वाचन कार्यालयले जनाएको छ । उपनिर्वाचन मंसिर १६ गते हुँदैछ ।

बिहान ७ देखि साँझ ५ वजे सम्म मतदान हुनेछ । ग्रामथानको अध्यक्षका लागि एक स्वतन्त्रसहित १६ जना उममेदवार चुनावी मैदानमा छन् । उपनिर्वाचनका लागि ग्रामथानमा २६ हजार ४४ जना मतदाता छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!