विराटनगर । आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारले आज चुनाव चिन्ह पाउने भएका छन् । दलका उम्मेदवारले आफ्नै दलको चुनाव चिन्ह पाउने छन् भने स्वतन्त्र उम्मेदवारलाई विभिन्न चुनाव चिन्ह प्रदान गरिने छ ।
आज नै इच्छुक उम्मेदवारले उम्मेदवारी फिर्ता लिन सक्नेछन् । जसका लागि बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ । दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने समय तोकिएको छ ।
दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ । कोशी प्रदेशमा एक पालिका अध्यक्ष र सात वडाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ ।