विराटनगर । खानेपानी मन्त्री प्रदीप यादवले जनता समाजवादी पार्टी अन्य पार्टीमा विलय नहुने बताएका छन् । आज विराटनगर-९ मा पार्टीको जिल्ला कार्यालय उद्घाटन गर्दै उनले पार्टीलाई बलियो बनाउन गाउँटोलमा सङ्गठन विस्तारमा सक्रिय हुन नेता कार्यकर्तालाई आग्रह गरे ।
पार्टीको उपमहासचिव समेत रहेका मन्त्री यादवले आगामी तीन वर्षभित्र जसपालाई मुलुकको मुख्य पार्टीको रूपमा निर्माण गर्ने लागिपर्ने बताए । मन्त्री यादवले पार्टी गठनको छ महिनाको छोटो अवधिमा जिल्लाजिल्लामा पार्टीलाई शक्तिशाली बनाउन लागि परेको उल्लेख गरे ।
पार्टीका कोशी प्रदेश उपाध्यक्ष केशब गुरुङ र जिल्ला अध्यक्ष मोहम्मद नसरुलले प्रदेश तथा जिल्लामा पार्टीको सङ्गठन विस्तार लगायतका विषयमा आफ्नो धारणा राखेका थिए ।