संगालोखबर

उदयपुर । उदयपुरमा दुई वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ । त्रियुगा नगरपालिका-१२ र बेलका नगरपालिका-९ मा रिक्त वडाध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनका लागि पाँच राजनीतिक दलले उम्मेदवार टुङ्गो लगाएका छन् । 

Advertisement

त्रियुगा नगरपालिका-१२ को वडाध्यक्षमा नेपाली काँग्रेसले सञ्जीव काफ्लेलाई उम्मेदवार बनाएको छ । नेपाल कम्युनिष्ट पार्टी  (एमाले) ले लक्ष्मी नारायण चौधरी, नेपाल कम्युनिष्ट पार्टी  (माओवादी केन्द्र)ले नविक वान्तावालाई उम्मेदवार बनाएको छ । 

यस्तै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले निर्मला चौधरी र राष्ट्रिय स्वतन्त्र पार्टीले ध्रुव पोखरेललाई उम्मेदवार बनाएको छ । बेलका नगरपालिका– ९ को वडाध्यक्षमा काँग्रेसले नवराज बस्नेतलाई उम्मेदवार बनाउँदा एमालेले मनोज खड्कालाई उम्मेदवार बनाएको छ । 

यस्तै माओवादी केन्द्रले भरत घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तेजमान विकलाई उम्मेदवार बनाएको छ ।  एकीकृत समाजवादीले उम्मेदवारको टुङ्गो लगाउन बाँकी छ । 

जिल्ला निर्वाचन कार्यालयका अनुसार त्रियुगा नगरपालिका-१२ मा तीन हजार आठ र बेलका नगरपालिका– ९ मा  तीन हजार चार सय मतदाता रहेका छन् । रिक्त पदका लागि आगामी मङ्सिर १६ गते उपनिर्वाचन हुँदैछ । 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!