इटहरीमा पौडी खेल्न गएका दुई बालकको डुबेर मृत्यु
विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका-१६ मुरा खोलामा पौडी खेल्न गएका दुई बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार इटहरी-१६ का ९ वर्षीय युनिस खत्री र इटहरी-५ का ११ वर्षीय हेमबहादुर परियारको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार उनीहरू पौडी खेल्ने क्रममा खोलाको दहमा डुबेका थिए ।
उद्धार गरी उनीहरूलाई सान्बी सिटी अस्पताल इटहरीमा लगिएकोमा चिकित्सकल...































