संगालोखबर


विराटनगर । नेपाल यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा पुगेको छ । घरेलु टोली मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको हो ।

क्वालालम्पुरमा आज भएको पहिलो सेमिफाइनलमा मलेसियाले नेपाललाई ९१ रनको लक्ष्य दिएको थियो । मलेसियाले दिएको ९१ रनको लक्ष्य नेपालले ११ ओभर ४ बलमा १ विकेट गुमाउँदै भेट्टायो । नेपालका परिमार्जन यादवले नटआउट ५९ रन बनाउँदा मलेसियाका नागिनेश्वरन सत्नकुमारनले १ विकेट लिए ।

Advertisement

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मलेशिया ४३ ओभर १ बलमा ९० रनमा अलआउट भएको थियो । मलेसियाका मुहम्मद फतुल मुइनले सबैभन्दा धेरै ३८ रन बनाउँदा नेपालका अभय यादवले ४ र शुभम् खनालले ३ विकेट लिए ।

यस्तै प्रतियोगिताको दोस्रो सेमिफाइनलमा अहिले सिङ्गापुर र हङकङ खेलिरहेका छन् । सिङ्गापुरले हङकङले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याइरहेको छ । नेपाल समूह ‘ए’ मा सबै खेल जितेर सेमिफाइनल पुगेको हो । शनिबार फाइनल खेल हुनेछ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!