संगालोखबर


धनकुटा । धनकुटा नगरपालिका-५ स्थित बिहीबारे हटियाको अनुगमन गरिएको छ । आज उप-प्रमुख भिमादेवी खनालको नेतृत्वमा हटियाको अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा खाद्यान्न, फलफूल, मासु पसल, नापतौल लगायतका व्यवसायीहरूसँग खाद्य गुणस्तर र सरसफाइका विषयमा छलफल भएको थियो । कैफियत पाइएका पसलहरूलाई आगामी दिनमा सुधार गर्न सुझाव दिइएको छ ।

Advertisement

अनुगमनमा प्रमुख प्रशासकीय अधिकृत दशरथ राई, प्रशासन योजना तथा अनुगमन शाखा प्रमुख सिताराम गौतम, स्वास्थ्य तथा सामाजिक विकास शाखा प्रमुख राजु गुरागाईं, स्वास्थ्य सेवा उपशाखा प्रमुख भोजराज भण्डारी र कृषि विकास उपशाखाबाट बिना राईको सहभागिता थियो ।

यस्तै उपभोक्ता हक हित संरक्षण उपशाखा प्रमुख तेजबहादुर थापा, नगर प्रहरी इकाई प्रमुख रबि खत्री लगायत नगर प्रहरी टोलीको सहभागिता थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!