संगालोखबर


विराटनगर । देशभर डेंगी संक्रमितको संख्या १६ सयमाथि पुगेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार देशभर डेंगी सङ्क्रमितको संख्या १६ सय ७३   पुगेको हो ।

महाशाखाका अनुसार सातै प्रदेशमा डेंगी संक्रमितको संख्या बढ्दो क्रममा छ । गत एक सातामा मात्रै ७१ जनामा डेंगी पुष्टि भएको छ । जसमा २० जना गण्डकी, १५ कोसी, १५ बागमती, १२ लुम्बिनी, ५ मधेस, ३ सुदूरपश्चिम र कर्णालीमा १ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

Advertisement

पुस महिनायता सात प्रदेशमध्ये बागमतीमा सबैभन्दा बढी र मधेस प्रदेशमा कम सङ्क्रमित भएको पाइएको छ ।  महाशाखाका अनुसार बागमतीमा ४ सय ४, गण्डकीमा ३ सय ५८, कोशीमा ३ सय ३४, लुम्बिनीमा २ सय ७८, सुदूरपश्चिममा २ सय ३२, कर्णालीमा ३६ र मधेश प्रदेशमा ३१ जनालाई डेंगी संक्रमण पुष्टि भएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!