धनकुटा । धनकुटाबाट लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटा नगरपालिका-६ सरस्वती चोकका ५० वर्षीय सुशील खड्गी छन् ।
बिहीबार साँझ ५ः३० बजे विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले २५० मिलिग्राम ब्राउन सुगरसहित उनलाई घरबाटै नियन्त्रणमा लिएको धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
उनका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।