
विराटनगर । जनकपुरधाम उपमहानगरपालिका-१५ कुवारामपुरमा ज्वाइँले ससुराको हत्या गरेका छन् । प्रहरीका अनुसार ६५ वर्षीय वासुदेवप्रसाद विमलको चक्कु प्रहार गरी हत्या भएको हो ।
जनकपुरधाम-२१ कुर्थाका ४८ वर्षीय बेचन महासेठले आज बिहान पौने १० बजे ससुरामाथि घरमै चक्कु प्रहार गरेका थिए । पेटमा चक्कु प्रहार भएपछि गम्भीर घाइते भएका विमललाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएकोमा चिकित्सकले बिहान १०ः३० बजेतिर मृत घोषणा गरेका थिए ।
घरायसी विवादका कारण चक्कु प्रहार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनापछि विमलका ज्वाइँ फरार छन् । उनको खोजीसँगै आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।