धनकुटा । धनकुटाबाट गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ताप्लेजुङको मौवाखोला गाउँपालिका-६ का ४१ वर्षीय बुद्धिमान गुरुङ छन् ।
आज दिउँसो भोजपुरबाट धरानतर्फ जाँदै गरेको को १ ख ७२४० नम्बरको बसमा चेकजाँच गर्दा ६ किलो गाँजा फेला परेको धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
उनलाई साँगुरीगढी गाउँपालिका-१ लाबरबोटेबाट नियन्त्रणमा लिइएको उनले बताए । उनका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।